रास्वपाले उपसभामुखको उम्मेद्वार इन्दिरा रानामगरलाई बनाउने

काठमाडाैं | माघ ६, २०७९

रास्वपाले उपसभामुखको उम्मेद्वार इन्दिरा रानामगरलाई बनाउने

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखमा पार्टीका सांसद इन्दिरा रानामगरलाई उठाउने निर्णय गरेको छ । शुक्रबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । उपसभामुखको उम्मेदवारका रुपमा पार्टीका सांसद सोविता गौतम प्रस्तावक रहनुहुने भएको छ ।


उहाँले भन्नुभयो, ‘‘इन्दिरा रानामगरलाई पठाउने निर्णय गरेका छौँ । जसको प्रस्तावक सोविता गौतम बसेर राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रिय रुपमा नै चिनेको मान्छे उहाँको विज्ञतालाई उजागर गरेर उहाँलाई पठाउने निर्णय गरेको छ । पार्टीले सर्वसम्मत रुपमा निर्णय गरेको हो । अल्पमतमा होइन ।’’


झापाका मगर समानुपातिक सांसद हुनुहुन्छ । उपसभामुखमा यसअघि सांसद सोविता गौतमको चर्चा भए पनि पार्टीले भने मगरलाई अघि सारेको छ ।


बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै सांसद गौतमले मगर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनिएको र कानुन बारेमा पनि ३३ वर्षे अनुभवका कारण उपसभामुखमा पठाउने सर्वसम्मत निर्णय गरेको बताउनुभयो ।


त्यस्तै, सांसद इन्दिरा राना मगरले भने आफूले कानुनको अध्ययन नगरेको भए पनि कानुनको क्षेत्रमा ३३ वर्षको अनुभव रहेको जानकारी दिनुभयो ।


उहाँले भन्नुभयो, ‘‘म यो क्षेत्रमा देशमा केही परिवर्तन गरौँ भनेर आएको हो । म प्रत्येक वर्ष अन्तर्राष्ट्रिय अवार्डहरु दाबी गरिरहेको मान्छे हो । कानुन नपढे पनि जेलदेखि बालबालिका, मानव अधिकारका थुप्रै क्षेत्रको अनुभव ३३ वर्षमा गरेको छु ।’’


उपसभामुखका लागि निर्वाचन शनिबार हुँदैछ, आज (शुक्रबार) उपसभामुखको उम्मेदवारी दिनुपर्नेछ । सत्ता गठबन्धनले उम्मेदवारको टुङ्गो लगाएसँगै प्रतिपक्ष दलहरु पनि उपसभामुखको उम्मेदवार टुङ्गो लगाउन बैठक बसिरहेको छ ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्